रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पु¥याइएको छ।
काठमाडौँको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो। उनको पार्थिव शरीरलाई अन्त्यस्टीका लागी गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ।
उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली काग्रेस रौतहटले जनाएको छ। आलमको पैत्रिक गाउँमा पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन्।
उनको निधनको खबर संगै गाउँमा शुभचिन्तकहरुको भिड लागेको छ भने पुरै क्षेत्र शोकमा डुबेको छ। उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिने पारिवारिक स्रोतले बताएको छ।आलमका दुई छोरा र एक छोरी छन्।
जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन्। राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन्।
प्रतिक्रिया