प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौँ :  जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् ।

उनीहरूलाई पक्राउ गरेर आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

रुपकले वरपिपल रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै भीडको नेतृत्व गरेर तोडफोड र आगजनी गराउन पुगेका प्रमाणहरू संकलन भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार