धरान ः भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनका क्रममा सुरक्षा व्यवस्था कडा पार्न सुनसरी जिल्लाका नेपाल,भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
भारतको अररिया जिल्लामा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचणलाई लक्षित गर्दै सुनसरी जिल्लासंग जोडिएका सबै सीमा नाका बन्द गर्न लागिएको सुनसरी सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि आज साँझ ६ बजेर १५ मिनेटदेखि कात्तिक २५ गतेसम्म नेपाल,भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ ।
यस अवधिमा सुनसरकिो भुटाहा, लौकही, हरिनगर, भन्टाबारीलगायतका प्रमुख सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको साथै सीमा क्षेत्रमा प्रहरी गस्ती, तिब्रता बढाइने तथा मुख्य मार्गहरूमा समेत निगरानी कडाई गरिएको सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले बताए ।
प्रतिक्रिया