जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ को राजीनामा स्वीकृत भएको छ । शनिबार प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनलले बुझाएको राजीनामा स्वीकृत गरेकी हुन् ।
प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ साल कात्तिक २२ गतेका दिन प्रदेशप्रमुखले स्वीकृत गर्नुभएको छ ।”
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै प्रदेशको कार्यभार सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यसैबीच, सोनलले आफू पुनः मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । उनले भने, “हामी अझै पनि बहुमतमा छौं, तर सभामुखले एकपक्षीय निर्णय गरे । राजनीतिक रूपमा बहुमत हाम्रो पक्षमै छ ”
प्रदेशको राजनीतिक स्थिति फेरि तरल बन्दै गएको छ भने अब नयाँ सरकार गठनका लागि दलगत कसरत तीव्र हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया