काठमाडौं। बंगलबादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ। उनको ८० वर्षको उमेरमा निधन भएको हो।
मंगलबार विहान स्थानीय समय अनुसार ६ बजे ढाकाको एवरकेयर अस्पतालमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
उनी बंगलबादेश नेशनलिस्ट पार्टीकी प्रमुख थिइन् र बांग्लादेशको पहिलो महिला प्रधानमन्त्री थिइन्। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी उनको मृगौला र फोक्सोमा समस्या थियो।
उनको निधन त्यतिबेला भएको छ, जतिबेला बंगलादेशको राजनीतिमा संटकपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। खालिदा जिया दशकौंसम्म देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
प्रतिक्रिया