श्रोत नखुलेको नगद सहित अग्रवाल प्रहरी नियन्त्रण

आइतबार, १३ पुस २०८२
श्रोत नखुलेको नगद

विराटनगर :  हुण्डी कारोवार हुने गरेको विशेष सूचनाका आधारमा सक्रियता वढाएको प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १५ बाट एक जनालाई, स्रोत नखुलेको नगद तथा सवारी साधन सहित पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको नेतृत्वको प्रहरी टोलीले प्रदेश नम्बरको .१–०४–००१ च.०१६४ नम्बरको सेतो रंगको कारमा भारततर्फबाट डुण्डीका लागि ल्याएको रकम सहित विराटनगर महानगरपालिका वडा नम्बर ६ का अरबिन्द्र अग्रवाल स्रोत नखुलेको ६ लाख नगद नेपाली रुपैया सहित प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

रानीबाट कारमा विराटनगर तर्फ आइरहेका अग्रवालमा प्रहरीले विशेष निगरानी गरिरहेको अवस्थामा विराटनगर महानगरपालिका वडा नम्बर १५मा सुनसरी ट्रेडिङ सेन्टर अगाडी रोकी भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार