सुनसरी उद्योग बाणिज्य संघको साधारणसभामा प्रदेशखबरकर्मी राई सम्मानीत

कर र राजनीतिक अस्थिरताले उद्योग व्यवसाय संकटमा परेको गुनासो

शनिबार, १२ पुस २०८२

धरान : सुनसरी उद्योग वाणिज्य संघको ४२औँ वार्षिक साधारणसभा आज धरानमा सम्पन्न भएको छ । साधारणसभामा निजी क्षेत्रमाथि बढ्दो करको बोझ, राजनीतिक अस्थिरता र पछिल्ला आन्दोलनका कारण उद्योग व्यवसाय संकटमा परेको बताइएको छ । 

सभामा प्रतिवेदन प्रस्तुत गर्दै, संघका अध्यक्ष गोपाल श्रेष्ठले देशको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी भए पनि पछिल्लो समय उद्योग–व्यवसाय सबैभन्दा बढी दबाबमा रहेको बताए । बजारमा माग घट्नु, लगानी सुरक्षामा विश्वास नहुनु र राजनीतिक अस्थिरताका कारण उद्यमी व्यवसायी नयाँ लगानी गर्न हिच्किचाइरहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले भने, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका व्यवसायिक तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गर्दै बीमाबाट पूर्ण क्षतिपूर्ति पाउने सम्भावना न्यून रहेको र सरकारबाट कर मिन्हास सम्बन्धी स्पष्ट नीति नआएको गुनासो गरे । 

नेपाल सरकारको कर कानुनअनुसार मिसम्याच देखिँदा १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र शतप्रतिशतसम्म जरिवाना र ब्याज तिर्नुपर्ने अवस्थाले व्यापारी घरजग्गा बेच्न, ऋण लिन वा विदेश पलायन गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो । नाफाभन्दा बढी कर तिर्नुपर्ने व्यवस्था व्यवसायमैत्री नभएको भन्दै यसलाई समय र परिस्थिति अनुसार व्यवहारिक बनाउन प्रतिवेदन अनुसार सरकारसँग माग गरिएको छ । 

साथै ३० लाखभन्दा कम कारोबार गर्ने व्यवसायीले तिर्नुपर्ने कर व्यवस्थाले साना व्यवसायी समस्यामा परेको, साना तथा सेवा करदाताका लागि थ्रेसहोल्ड र पारिवारिक छुट कम भएकाले वृद्धि गर्नुपर्ने, नक्कली भ्याट बिलसम्बन्धी कारबाहीले निर्दोष व्यवसायी पीडित भएको लगायतका विषयहरू पनि प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

त्यस्तै उधारो कारोबारमा बिजक जारी भएपछि तत्काल राजस्व दायित्व सिर्जना हुने व्यवस्थाले थप समस्या उत्पन्न गरेको भन्दै आगामी आर्थिक वर्ष २०८२÷८३ मा ब्याड डेब्ट्ससम्बन्धी व्यवस्था लचिलो बनाउन सरकारसँग आग्रह गरिएको छ । सेवा व्यवसायीलाई पनि ५० लाखसम्मकै भ्याट थ्रेसहोल्ड लागू गर्नुपर्ने माग राखिएको छ ।

subsari uddog

धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामधुनी–बराहक्षेत्र–विष्णुपादुका–विजयपुर क्षेत्रलाई जोड्ने मार्ग विकास गर्न सरकारसँग सहयोगको अपेक्षा गरिएको छ । साथै आन्तरिक राजस्व विभागले व्यवसायीका लागि ल्याउने छुट (स्कीम) को समयसीमा व्यवसायीमैत्री बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभाको अवसरमा आर्थिक तथा पर्यटन क्षेत्रमा पत्रकारितामार्फत योगदान पु¥याएका दुई जना पत्रकारलाई सम्मान गरिएको छ । जसमा प्रदेश खबरमा कार्यरत सम्वादाता स्वर्णिम राई (सङ्गीता) र राष्ट्रिय ब्लास्ट टाइम्स दैनिकका सम्पादक देवेन्द्र कार्की रहेका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) धरान सुनसरीकी संवाददाता समेत रहेकी राई र कार्कीलाई रु.११ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । 

त्यसैगरी विभिन्न विधामा योगदान पु¥याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको छ । व्यवसायीतर्फ निर्मल अग्रवाल र देबिराम अग्रवाल, उद्योगीतर्फ रोहित ताम्राकार, युवा महिला उद्यमीतर्फ मनिता घिमिरे तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्य मनोनित भएको अवसरमा बधाई तथा सम्मान प्रदान गरिएको छ । हिरा उदास र मानमोहन श्रेष्ठलाई संघको मानार्थ सदस्य प्रदान गरिएको छ । साथै तप्पन तरबदार र डा.खालिङ होसेनहकलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, संघका प्रथम उपाध्यक्ष रामस्वरूप शर्मा, निवर्तमान अध्यक्ष विजय श्रेष्ठ, विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार