बिर्तामोडमा ग्याङ फाइट : मोटरसाइकलमा तोडफोड

शनिबार, १२ पुस २०८२

झापा । बिर्तामोडमा दुई समूहबिच झडप हुँदा एक मोटरसाइकल तोडफोड भएको छ । गएराति करिब ८ः३० बजे बिर्तामोड नगरपालिका–५ सगरमाथा टोलमा ग्याङ फाइट भएको हो ।

झडप भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायब निरीक्षक कुलप्रसाद सापकोटाको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो । तर प्रहरी पुग्नासाथ संलग्न व्यक्ति फरार भएका थिए ।

प्रहरीले घटनास्थलको निरीक्षण गर्दा मे ७ प ८८ नम्बरको मोटरसाइकल तोडफोड गरिएको अवस्थामा फेला परेको जनाएको छ । झडप तथा तोडफोडमा संलग्न व्यक्तिको पहिचान र खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार