इटहरी : इटहरीस्थित इम्पेरियल कलेज अफ होटेल म्यानेजमेन्टमा क्रिसमस डे को अवसर पारेर तेस्रो संस्करणको फूड ब्याटल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
कलेज प्राङ्गणमा आयोजित उक्त प्रतियोगितामा कक्षा १२ होटेल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले आफ्नो पाककला र सिर्जनात्मकता प्रस्तुत गरेका थिए।
प्रतियोगिताका लागि विद्यार्थीहरूलाई चार समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहले विभिन्न परिकार तयार गरी प्रतिस्पर्धामा भाग लिँदा कलेज परिसर नै स्वाद र सिर्जनशीलताले भरिएको देखिन्थ्यो।
विद्यार्थीहरूले आधुनिक तथा परम्परागत खानालाई आकर्षक शैलीमा प्रस्तुत गर्दै निर्णायक र दर्शकको मन जित्न सफल भए। कलेजका प्रिन्सिपल राजु शर्माले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको पाककला सीप, आत्मविश्वास र सिर्जनात्मक सोचमा निखार ल्याउने बताउँदै व्यवहारिक शिक्षामा यसको ठुलो महत्त्व रहेको उल्लेख गरे।
_xijvttb6Ft.png)
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगिताको मूल्याङ्कन इटहरीस्थित होटेल रमडाका सेफ बदल, सागर घिमिरे र गोविन्द दाहाल सहितको निर्णायक मण्डलले गरेका थिए।
उत्सव, प्रतिस्पर्धा र सिकाइको सुन्दर सङ्गम बनेको यो फूड ब्याटलले इम्पेरियल कलेजमा होटेल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूको क्षमता उजागर गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया