फेसबुक स्टाटसकै कारण डिआइजी जयराज सापकोटा विभागीय कारबाहीमा

बुधबार, ०९ पुस २०८२

काठमाडौँ : प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटा प्रहरी प्रधान कार्यालय नक्सालको विभागीय कारबाहीमा परेका छन्।

मङ्सिर ७ गते तीन जना डिआइजीको सरुवा गरिएको विषयप्रति असन्तुष्टि जनाउँदै सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा ‘हम कभी नहि सुध्रेंगे, नेपाल पुलिस डिजिआइपी पोस्टिङ’ भन्ने स्ट्याटस लेखेका थिए।

उक्त स्ट्याटसकै कारण उनीमाथि विभागीय कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधान कार्यालयका अनुसार सापकोटाको उक्त अभिव्यक्ति प्रहरी नियमावली, २०७१, नेपाल प्रहरी सञ्चार नीति, २०६० तथा आचारसंहिता कार्यादेश, २०७७ विपरीत रहेको ठहर गरिएको छ।

यसका साथै, विभिन्न समयमा जारी गरिएका परिपत्रहरूको उल्लङ्घन भएको आधारमा पनि विभागीय कारबाही अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार