राजविराज : अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण विद्यालयलाई चार दिनका लागि बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख आतेशसिंह यादवका अनुसार नगरपालिकाअन्तर्गतका सबै विद्यालय आजदेखि पुस १३ गतेसम्मका लागि बन्द रहने छ ।
तराई क्षेत्रमा शीतलहरका कारण विगत केही दिनदेखि बढेको अत्यधिक जाडोेका कारण जनजीवन प्रभावित हुँदा बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज हुने भएकाले बिदा दिइएको जारी गरेको सूचनामा उल्लेख छ ।
केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण सप्तरीसहित तराई-मधेसको जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया