कांग्रेसको ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण

विहीबार, १० पुस २०८२

काठमाडौँ : नेपाली कांग्रेसले सदस्यता व्यवस्थापन समितिका अनुसार बिहीबारसम्म ६ लाख ६६ हजारभन्दा बढी सदस्यहरूको नवीकरण कार्य सम्पन्न भएको छ।

सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले दिएको जानकारी अनुसार यो संख्या कांग्रेसको कुल सदस्य संख्याको करिब ७५ प्रतिशत हो।

नेपाली कांग्रेसमा हाल कुल ८ लाख ८९ हजार क्रियाशील सदस्य रहेका छन्।

कांग्रेसले बाँकी रहेका २५ प्रतिशत सदस्यता नवीकरणलाई पनि छिट्टै सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी स्थानहरूमा देखिएका प्राविधिक र राजनीतिक विवादलाई केन्द्रले विशेष चासोका साथ हेरिरहेको रसाइलीले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार