गृहमन्त्री अर्याल सहितका मन्त्रीहरु जनकपुरधाममा

सोमबार, १० कार्तिक २०८२

जनकपुर : आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल जनकपुर पुगेका छन् । 

दुई दिनका लागि गएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत छन् । 

उनीहरुले जनकपुरधामको विभिन्न छठ घाटहरुको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा आवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भोलि मङ्गलबार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार