अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

सोमबार, १० कार्तिक २०८२

सूर्यदेव र षष्ठीदेवी (छठीमाइ)को आराधना गरी आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइंदै छठ पर्वको मुख्य दिन श्रद्धा र भक्तिपूर्वक मनाइयो ।

चार दिनसम्म मनाइने छठ पर्वको आजको दिनलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । यस दिन व्रतालुहरूले नदी, पोखरी, तलाउ र जलाशय किनारमा पूजा सामग्रीसहित सूर्यदेवलाई अर्घ्य अर्पण गर्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिने परम्परा छ ।

व्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी गरेका छन् ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले पनि छठीमाइको पूजा अर्चना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार