ज्येष्ठ नागरिकको सम्मानमा ‘नवदृष्टि’ : शल्यक्रिया गराएका वृद्धवृद्धालाई फलफूल

शुक्रबार, ११ पुस २०८२

इटहरी : “ज्येष्ठ नागरिकको आँखाको ज्योति मात्र होइन, मनको खुसी पनि फर्काउनुपर्छ“ भन्ने मान्यतालाई आत्मसाथ गर्दै इटहरीस्थित नवादृष्टि आँखा अस्पतालले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा फलफूल वितरण गरेको छ । 

अस्पतालले आफ्नो केन्द्रमा आँखाको शल्यक्रिया (अप्रेसन) गराएर उपचाररत ६० वर्षभन्दा माथिका १२ जना ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मानसहित फलफूल उपहार प्रदान गरेको हो ।

दिवसको उपलक्ष्यमा अस्पताल प्रशासन र चिकित्सकको टोलीले उपचाररत वृद्धवृद्धाहरूको बेडमै पुगेर स्याउ, सुन्तला, र केरा लगायतका स्वास्थ्यवद्र्धक फलफूलहरू वितरण गरेका थिए । अस्पतालको यस आकस्मिक र आत्मीय उपहारले शल्यक्रियापछि निको हुँदै गरेका वृद्धवृद्धाहरूको अनुहारमा खुसी छाएको थियो ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता घोषणा गरिएको दिन (पुस ११) को सम्झनामा यो दिवस मनाइने गर्दछ ।

व्यापारिक उद्देश्यभन्दा माथि उठेर बिरामीहरूको मनोबल बढाउन नवादृष्टि आँखा अस्पतालले गरेको कार्यको बिरामीका आफन्तहरूले प्रशंसा गरेका छन् । 

naba dristii
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार