प्रचण्डले अब कुन निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने ?

शुक्रबार, ११ पुस २०८२
फाइल फोटो

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट विभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड कुन निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दछन भन्ने राजनितिकवृत्तमा चासो र चर्चाको विषय बनेको छ । 

तत्कालिन समयमा माओवादी शान्ति प्रक्रिया आएपछि प्रचण्ड विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । यस पटक भने प्रचण्डका लागि पार्टीका तर्फबाट बहुविकल्पीय रुपमा निर्वाचन क्षेत्र सिफारिस गरिएको छ । त्यसैले पनि उनले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने हुँन भने हाल सम्म खुलाएका छैनन । 

नेकपाले आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टीले उम्मेवार सिफारिस गर्ने क्रममा पार्टीका संयोजक प्रचण्डको नाम विभिन्न निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ । प्रचण्डको नाम पार्टीले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ , सिन्धुली क्षेत्र नम्बर २ , रामेछाप , काभ्रे , महोत्तरी क्षेत्र नम्बर ४, गोरखा क्षेत्र नम्वर १ , कास्की क्षेत्र नम्बर १ रोल्पा ,रुकुम पुर्व , कैलाली क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ । 

प्रचण्डको नाम सिफारिस भएका निर्वाचन क्षेत्रहरूमध्ये नुवाकोट क्षेत्र नम्बर १ र सिन्धुली क्षेत्र नम्बर २ मात्र २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) विजयी भएको क्षेत्र हुन् । 

प्रचण्डको विगतको पहिलो संविधानसभाको निर्वाचन देखिको चुनावी प्रतिस्पर्धालाई हेर्दा २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन सिराहा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए भने  काठमाडौँ क्षेत्र नम्बर १० बाट पराजित भएका थिए । २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रहेका प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले विजयी भएका थिए । 

त्यसैगरी २०७९ सालको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । समय समयमा निर्वाचन क्षेत्र र तालमेल गर्ने पार्टीहरु फेरिरहने प्रचण्डले अब कुन निर्वाचन क्षेत्र रोज्छन् र फेरि पनि तालमेल गर्ने हुन् भन्ने विषयमा उनको पार्टीभित्र र बाहिरबाट पनि चासोका साथ हेरिएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार