झापामा लडेर  एक व्यक्तिको मृत्यु

शनिबार, १२ पुस २०८२

झापा । झापाको कमल गाउँपालिका–५ मा लडेर एक व्यक्तिको मृत्यु भएको छ । 

अम्बिका चोकदेखि किराँतेश्वर मन्दिरतर्फ जाने भित्री कच्ची सडक खण्डमा स्थानीय ५२ वर्षीय पर्शुराम रिजालको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा रिजाल मदिरा सेवन गरेर हिँडडुल गर्ने गरेको खुलेको छ ।

शुक्रवार  दिउँसो करिब ४ बजे रिजाल आफ्नै घरबाट करिब पाँच सय मिटर पूर्वतर्फ सडकको छेउमा लडेको अवस्थामा भेटिएका थिए । 

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरेको थियो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार