काठमाडौं : गत असार २४ गते आएको भीषण बाढीका कारण क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल (बेलिब्रिज) को पुनर्निर्माण सम्पन्न भएसँगै भोलि (आइतबार) देखि नाका पुनः सञ्चालनमा आउने भएको छ।
चिनियाँ पक्षले शनिबार एक सूचना जारी गर्दै मितेरी पुलको निर्माण कार्य पूरा भई प्राविधिक निरीक्षण समेत सफल भएको जानकारी दिएको हो। पुल सञ्चालनमा आएसँगै सीमापार ढुवानीमा संलग्न चालक र सर्वसाधारण यात्रुहरूका लागि आवागमन खुल्ला गरिने भएको छ।
प्रतिक्रिया