झापा । झापाको बिर्तामोड नगरपालिका–३ गजुरमुखी टोलस्थित चन्द्र थापाको जग्गामा बनेको टिनको छाना र टाँटीका बेराले बनेको कच्ची टहरोभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्।
आज (शनिबार) बिहान करिब ७ः१५ बजे टहरोभित्र जमिनमा अन्दाजी ५५–६० वर्षकी, नाम–थर तथा ठेगाना नखुलेकी मागी खाई हिँड्ने महिलालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनास्थलको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको कमाण्डमा खटिएको टोली बिहान ९ः३० बजे स्थलमा पुगेको थियो।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया