लागुऔषधसहित दुई जना गौरीगंजमा पक्राउ

मंगलबार, ११ कार्तिक २०८२

झापा : भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका दुई जना लागुऔषधसहित झापाको गौरीगंजमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गौरीगंजका अनुसार गौरीगंज गाउँपालिका–५, फत्तेपुर सीमा क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र सोही जिल्लाका ३८ वर्षीय सुक बहादुर राई रहेका छन्। गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा निमा दोर्जी तामाङको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उनको साथबाट ५ ग्राम १५० मिलिग्राम र प्लास्टिक बाहेक ४ ग्राम ११० मिलिग्राम बराबरको लागुऔषध जस्तो पदार्थ बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगंजमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार