विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई शुभकामना दिएका छन्। क्रिसमसले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको उल्लेख गर्दै उनले यो पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारा सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्।
क्रिसमसका अवसरमा जारी सन्देशमा मुख्यमन्त्री कार्कीले इसाई धर्मगुरु येशु ख्रिष्टले देखाएको प्रेम, त्याग र क्षमाको मार्ग आजको समाजका लागि प्रेरणादायी रहेको जनाए। उनले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भन्दै सबै धर्म, संस्कृति, परम्परा र चाडपर्वको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व रहेको बताएका छन्।
विविधतायुक्त पहिचान रहेको कोशी प्रदेशमा सबै समुदायबीच आपसी सम्मान, समझदारी र एकताको भावना अझ प्रगाढ हुँदै जाने विश्वास पनि उनले प्रकट गरे। त्यसले प्रदेशको समृद्धि, शान्ति र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन्।
मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा क्रिसमस पर्वले थप प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन्।
_OPjb76aaVd.jpg)
प्रतिक्रिया