ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ ।
राजमार्ग माथिबाट जाने कुलोमा क्षति भएपछि बुधबार बिहान पहिरो खस्दा करिब १० मिटर सडकखण्ड पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पहिरोका कारण सवारी साधन आवतजावत पूर्ण रूपमा ठप्प भएको छ । घटनापछि प्रहरीचौकी मेवाखाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
सडक खुलाउने उद्देश्यले प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया