काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा विच बुधवार एकता गर्ने सहमति भएको छ । लामो समयदेखि मतभेदका कारण विभाजित रहेका राप्रपा र राप्रपा नेपालबीच एकता सहमति भएको हो ।
राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले एकता सहमति पत्रमा तयार पारेको थियो । एकता सहमति पत्रमा गरिएको जनाइएको छ । पार्टी एकता गर्ने विषयमा थापा र लिङ्देनविच सहमति भएपनि पद बाँडफाँटको विषयमा अहिले नै कुरा नभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठले ‘अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको कुरा भइसकेको छैन। कमल थापा कुनै बार्गेनिङ नगरी एकताका लागि तयार हुनु भएको छ।’ भने ।
पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि ०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई पराजित गराइएको आरोप लगाएका थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए।
यस एकताले पार्टीको राष्ट्रिय राजनीतिक प्रभाव बढाउने र आगामी चुनावमा एकजुट भएर अघि बढ्ने सोचका साथ पार्टी एकता गर्न लागिएको अनुमान गरिएको छ ।
प्रतिक्रिया