काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन्। शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पद हात पारेका हुन् भने उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्षमा डा. स्वागत श्रेष्ठ र टङ्कराज आचार्य निर्वाचित भएका छन्। डा. श्रेष्ठले १४७ मत तथा आचार्यले १०३ मत प्राप्त गरेका थिए। सो पदका अन्य प्रतिस्पर्धी जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्तले क्रमशः ३७, १०० र ७८ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत (निर्विरोध) निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे(कोशी प्रदेश), राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।
महासचिव पदमा रामहरि सिलवाल विजयी भएका छन्। उनीले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए। सचिव पदतर्फ कृष्ण प्रसाद पौडेल १४३ मत, जीवन लामा गोले १६७ मत, पारश श्रेष्ठ १४५ मत, भवानी प्रसाद पौडेल २१९ मत, यम बहादुर रोका १४५ मत, राजेश कार्की १४३ (कोशी प्रदेश) मत र बलराम पन्त १५५ (कोशी प्रदेश) मतसहित विजयी भएका छन्। कोषाध्यक्षमा शिव प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा शङ्कर भट्टराई (कोशी प्रदेश) चयन भएका छन्।
खुला सदस्यमा केपी पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि र हरीकृष्ण अर्याल निर्वाचित भएका छन्। आजीवन सदस्यतर्फबाट शिव प्रसाद सुवेदी चयन भएका छन्। प्रदेशगत सदस्यतर्फ कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी र सागर प्रसाद भट्टराई निर्वाचित भएका छन्।

मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता र बाबुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी र दिनेश भुषाल, कर्णाली प्रदेशबाट प्रेम बहादुर दसुनी र सुदूरपश्चिम प्रदेशबाट डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले सङ्गठन सुदृढीकरण, शैक्षिक गुणस्तर उन्नयन र नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया