‘सकारात्मक सोचाइ’को सन्देशसहित सिस्टर बिके शिवानी विराटनगर आउँदै

मंगलबार, ११ कार्तिक २०८२

विराटनगर : विश्व प्रसिद्ध प्रेरणादायी वक्ता ब्रह्माकुमारी सिस्टर बिके शिवानी पहिलोपटक विराटनगर आउन लागेकी छन्।

ब्रह्माकुमारी सिस्टर बिके शिवानी विश्वप्रसिद्ध प्रेरणादायी वक्ता र सकारात्मक सन्देश प्रवाह गर्ने चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता हुन्।

उनको वर्षभरि नै विश्वका विभिन्न सहरहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रवचन कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले मङ्गलवार पत्रकार सम्मेलन गरेर सिस्टर बिके शिवानीको प्रवचन कार्यक्रमबारे जानकारी दिएको छ।

कात्तिक १४ गते शुक्रवार विराटनगरको जैन भवनमा सिस्टर बिके शिवानीले “सकारात्मक सोचाइ” विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ।

WhatsApp Image 2025-10-28 at 17.15.52

करिब २ घण्टा ३० मिनेटसम्म चल्ने उक्त प्रवचन कार्यक्रममा करिब २ हजार ५ सय जना विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। सिस्टर बिके शिवानीको प्रवचन कार्यक्रम शुक्रवार साँझ ४ः३० बजेदेखि सुरु हुनेछ।

विराटनगरको निजी क्षेत्रले सिस्टर बिके शिवानीको प्रवचन कार्यक्रमको संयोजन गरेको छ।

मोरङ उद्योग वाणिज्य सङ्घ विराटनगर, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी विराटनगर र नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी विराटनगरले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहकार्य गर्ने भएका छन्।

निजी क्षेत्रको तर्फबाट उद्योगी महेश जाजुलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ।

उद्योगी जाजुले नकारात्मक सोचाइलाई अन्त्य गरेर सकारात्मक सोचतर्फ अगाडि बढ्न सिस्टर बिके शिवानीको कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार