काठमाडौं: करोडौं ठगी आरोपमा पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रभु रेमिटेन्समार्फत ठगी गरेको घटनामा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए। उनीविरुद्ध नेपाल राष्ट्र बैंकअनुसार समेत अनुसन्धान हुने सिआइबीले जनाएको छ।
भट्टचन एमालेका पूर्वसांसद हुन् । सिआइबीले जारी गरेको बिज्ञप्तिअनुसार उनले लामो समयदेखि अनुसन्धानलाई समेत प्रभावित पार्दै आएका थिए।
प्रतिक्रिया