दमक (झापा) : झापाको दमक–२ पाङ्गिनी चोकमा मङ्गलवार राति भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन ।
मङ्गलवार राति ११:५५ बजे दमकबाट मोरङ टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस सडक नालीमा पल्टिँदा मोरङ मिक्लाजुङ–३ का भिमबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको छ।
मगरलाई आम्दा अस्पताल उपचारका क्रममा अहिले बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
बसमा सवार करिब ३५ यात्रुमध्ये सीता मगर (४१), योगेश मगर (१३), विपिन श्रेष्ठ (१४), सपना श्रेष्ठ (१७), नन्दमाया मगर (३२), आशिन लिम्बु (१८), रामकुमारी मगर (५५), सीता मगर (४५), रोनिशा दर्जी (१४), टङ्कबहादुर गुरुङ (५७), साजन श्रेष्ठ (९), विष्णुकुमारी लिम्बु (२८), निकेश भुजेल (१५), शिशिर राई (१४), प्रेम रसाइली (४७), रुपा रसाइली (४५), सन्दीप रसाइली (८), राजन श्रेष्ठ (१६), एन्जिला जोगी (१५), पुनम मगर (२२) र अनुसा मगर (१९) गरी २१ जना घाइते भएका थिए।
घाइते मध्ये सपना श्रेष्ठबाहेक सबै डिस्चार्ज भइसकेका छन्। सपना पेटमा चोटका कारण उपचाररत छिन्। इलाका प्रहरी कार्यालय दमकबाट प्रनानि कमाण्डमा खटिएको टोलीले बस चालक भक्तबहादुर दर्जी (३९, मोरङ मिक्लाजुङ–३) लाई नियन्त्रणमा लिएको छ।
बस घटनास्थलमै छ, सडक सुचारु छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया