झापाको गौरादहमा अटो दुर्घटना हुँदा खुश्बु खातुनको मृत्यु

सोमबार, ०१ मंसिर २०८२

झापा : झापाको गौरादह नगरपालिका–१ गैरीया चोक नजिक भएको अटो दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

गत कात्तिक २१ गते साँझ ७:४० बजे गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे.१–ह ५७५४ नम्बरको अटोले धान लोड गर्दै रोकेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खुश्बु खातुन गम्भीर घाइते भई तत्काल उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार