अकस्मात ढलेका इलामका डिएसपीको निधन

बुधबार, १६ पुस २०८२

इलाम : इलाम सीमा क्षेत्र, पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी प्रकाश कोइरालाको आज हृदयघातका कारण मृत्यु भएको छ।

जानकारीअनुसार, आज बिहान भञ्ज्याङबाट पशुपतिनगर फर्केपछि उनी अकस्मात ढलेका थिए। प्रारम्भिक उपचार इलाममा सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

कोइरालालाई काठमाडौंस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनकाे मृत्यु भएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार