काठमाडौँ : मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण गर्ने निर्णय भएको छ।
दुवै पार्टीका अध्यक्षहरू डा. उपेन्द्र यादव र महन्थ ठाकुरले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको काठमाडौँमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने औपचारिक निर्णय गरेको हो।
वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै मधेशको साझा राजनीतिक एजेन्डालाई सशक्त रूपमा अघि बढाउन एकता आवश्यक ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ।
सहमति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दाहरूलाई थप मजबुत बनाउने लक्ष्यसहित एकीकरणको निर्णय गरिएको जनाइएको छ।
प्रतिक्रिया