केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

मंगलबार, ११ कार्तिक २०८२

केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए  विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

“विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भई रहेको केसीएएले जनाएको छ । 
 
मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरू बिच सञ्चालन गर्ने एयरलाइन्सको भएको जनाइएको छ  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार