झापा : झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानवारीमा छोरीले सिक्कल प्रहार गर्दा आमा घाइते भएकी छन् ।
गएराति करिब ९ः३० बजे सामान्य घरायसी विवादका क्रममा शेरबहादुर लिम्बूकी २५ वर्षीया छोरी बन्दना लिम्बूले आफ्नै आमा ५१ वर्षीया बिनु लिम्बूलाई सिक्कल प्रहार गरेको प्रहरीले जनाएको छ । अविवाहित बन्दनाको मानसिक अवस्था ठिक नरहेको बताइएको छ ।
सिक्कल प्रहारबाट बिनु लिम्बूको छाती र दुवै हातको पाखुरामा चोट लागेको छ । उनलाई तत्काल स्थानीय शङ्कर अस्पताल शनिश्चरेमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल ल्याइएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले बन्दना लिम्बूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया