एमाले वुद्धिजिवी टीकाराम पुरीले छाडे पार्टी

शुक्रबार, ०४ पुस २०८२
फाइल फोटो

विराटनगर : नेकपा एमालेको कोशी प्रदेश कमिटीका सल्लाहकार टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । वि.स.२०३९ सालदेखि कम्युनिष्ट विचारधार अपनाउदै आएका पुरीले बिहीवार पार्टी छोडेको घोषणा गरेका हुन् । 


केपी शर्मा ओली एमालेको तेस्रो पटक अध्यक्ष निर्वाचित भएकै दिन हिजो पुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन । पछिल्लो समयमा पुरी राजनितिक नेतृत्वको आलोचना गर्दै आएका थिए । पुरीले दलका नेताहरुले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै राजनीतिमा लागेका मानिस अन्य उत्पादन मुलक पेसा ब्यावसायमा जोडिनुपर्नेमा जोड दिदै आएका थिए । 

विराटनगर महानगरपालिका वडा नम्बर ५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् ।  २०३९ सालमा तत्कालिन मालेमा जोडिएका पुरीले २०४७ सालमा नेकपा  एमालेको सक्रिय सदस्यता लिएका थिए ।  ‘पार्टीमा धरै वर्ष लागेर योगदान गरियो,एमालेले अहिलेको अवस्थामा अहिले अपनाएको शैली र ढंगले देशमा परिवर्तन गर्नसक्छ भन्ने विश्वास रहेन,’ उनले भने,‘ गुम्सिएर बस्न सकिएन, परित्याग गरे, अब नयाँ ढंगले अगाडि बढ्न सकिन्छ ।’ 


पुरी निजी तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको पूर्वकेन्द्रीय अध्यक्ष हुन् । राजधानी बाहिरबाट पहिलो अध्यक्ष बनेका पुरी  विराटनगरमा रहेको एभरेष्ट स्कूलका सञ्चालक हुन् । साहित्यमा समेत रुचि राख्ने पुरीको ‘खाली खुट्टा’ नामको पुस्तक पनि प्रकाशित छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार