फागुन २१ मै निर्वाचन हुनुपर्नेमा शेखर कोइरालाको जोड

शुक्रबार, ०४ पुस २०८२
Filephoto

इटहरी ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको मितिमै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका छन्।

उनले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका हुन्।

मोरङको सुन्दरहरैंचा नगरपालिका ४ का स्थानीय नेताहरूसँगको भेटमा उनले निर्वाचनमा जुट्न पनि आग्रह गरेका थिए।

प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको कोइरालाले बताए।

'संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो। हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंकासमेत जन्मिएको छ,' कोइरालाले भने।

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए।

'दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्, यसबारेमा सरकारले के सोचेको छ?' उनले प्रश्न गरे?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार