एमाले महाधिवेशन : झापाबाट अध्यक्षसहित २० जना केन्द्रीय समितिमा

विहीबार, ०३ पुस २०८२

झापा : नेकपा एमालेको हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट झापाबाट सचिवसहित १९ जना केन्द्रीय समितिमा चयन भएका छन् । 

झापाबाटै अध्यक्ष केपी शर्मा ओलीसहित सचिव हिक्मत कुमार कार्की चयन भएका छन् । झापाबाट अनुभवी नेतादेखि नयाँ पुस्ताका प्रतिनिधिसम्मलाई केन्द्रीय नेतृत्वमा समेटिएको छ ।

केन्द्रीय सदस्यमा चयन हुनेहरूमा देवेन्द्र दाहाल, दीपक कार्की, अग्नि खरेल, चिन्तन पाठक, होमबहादुर थापा, गोविन्द थापा, इन्द्र भण्डारी, रोमनाथ ओली, मनोज ताम्ली, निता घतानी, निर्मला पाठक, जलवर्षा राजवंशी, मेनुका काफ्ले, गीता अधिकारी, सुनिता बराल, मीना उप्रेती र एलिसा गौतम रहेका छन् ।

त्यस्तै, लिला कट्टेल कार्की अनुशासन समितिको जिम्मेवारीसहित केन्द्रीय संरचनामा समावेश भएका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार