एमालेको चुनावी परिणाम : यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम

विहीबार, ०३ पुस २०८२

काठमाडौं।  नेकपा एमालेको चुनावी मत परिणाम आएको छ। प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन्। महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन्।

यसैगरी पार्टी पदाधिकारीमा उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका हुन्।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन्।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत , शेरधन राईले १५०३ मत , हिक्मतकुमार कार्कीले १३३७ मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका हुन्।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त

महासचिव : शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट

रघुवीर महासेठ

योगेश भट्टराई

सचिव
महेश बस्नेत

पद्माकुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मत कुमार कार्की

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल


प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार