उदयपुर । उदयपुरमा आफ्नै दाजुले भाइलाई काटेर हत्या गरेका छन । जिल्लाको त्रियुगा नगरपालिका १ का स्थानीय ४३ बर्षिया युवराज राईले धारिलो हतियार प्रयोग गरि गएराति आफ्नै भाई अन्दाजी ३० बर्षिया धर्मराज राईको हत्या गरेका हुन।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाजु युवराजले आमालाई कुटपिट गरेको विषयमा विवाद हुँदा भाई धर्मराजलाई धारिलो हतियारले शरीरको बिभिन्न भागमा प्रहार गरि हत्या गरेको खुल्न आएको छ ।
भाइलाई धारिलो हतियारले प्रहार गरि युवराज फरार भएका थिए । स्थानीयको खबर संगै घटनास्थल पुगेर प्रहरीले धारिलो हतियारले गम्भीर घाइते भएका भाई धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट पुर्याएको थियो तर धर्मराजको उपचारको क्रममा मृत्यु भएको हो ।
अहिले प्रहरीले भाइको हत्या गरि फरार रहेका युवराजको खोजीलाई तिब्र बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले बताए ।
प्रतिक्रिया