इटहरीमा तमु ल्होसार भव्य रूपमा मनाइयो

मंगलबार, १५ पुस २०८२

इटहरी : गुरुङ बौद्ध गुम्बा तमु सेवा समिति इटहरी–१, १९ र २० तरहराको आयोजनामा तमु ल्होसार पर्व भव्य रूपमा मनाइएको छ ।

पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा गुरुङ समुदायले तमु ल्होसार धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाए । कार्यक्रममा गुरुङ समुदायको मौलिक सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत गरियो ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ रहेका थिए । कार्यक्रम गुरुङ बौद्ध गुम्बा तमु सेवा समितिका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न गरियो ।

ल्होसार विशेष कार्यक्रममा उच्च शिक्षा हासिल गरेका चार जना विद्यार्थीलाई सम्मान गरियो । साथै तरहरा शुभ स्वास्थ्य सामुदायिक केन्द्र र अनुप्रित मेडिकल हलको सहकार्यमा निःशुल्क सुगर र प्रेसर जाँच शिविर सञ्चालन गरियो, जसबाट एक सयभन्दा बढी सेवाग्राहीले सेवा लिए ।

कार्यक्रममा कलाकार सुपर सुरेश (कार्की) को सांकेतिक प्रस्तुति पनि राखियो । विभिन्न गुम्बा समुदायका प्रतिनिधि, स्थानीय अगुवा तथा गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार