इटहरी : गछिया युवा समाजले आयोजना गर्न लागेको प्रथम गछिया गोल्डकप २०८२ को उद्घाटन मिति सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन मंसिर १५ गते सोमबार हुने भएको छ ।
आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिरबाट प्रतियोगिताको उद्घाटन मिति औपचारिक रूपमा घोषणा गरेका हुन् ।
उनका अनुसार गछिया युवा समाजले खेलकुदमार्फत युवाबीच आपसी एकता, भाईचारा र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यसहित यो गोल्डकप आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा स्थानीय र जिल्लाबाहिरका उत्कृष्ट टिमहरूबीच प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको र उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया