मोरङ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको मोरङ जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन प्रतिष्ठानका कार्यवाहक अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा तथा प्रतिष्ठानका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ गायक तथा सर्जक कृष्ण भक्त राई, प्रतिष्ठानका कोशी प्रदेश पदाधिकारी, वरिष्ठ लोक गायिका गङ्गा गौतम लगायतको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठान मोरङका संस्थापक सचिव मिलन लुइँटेलले गरेका थिए ।
अधिवेशनले आगामी कार्यकालका लागि अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिमा टिकाराम घिमिरे उपाध्यक्ष, बिन्दा राणा महिला उपाध्यक्ष, मिलन लुइँटेल सचिव, सीता चापागाई सहसचिव, शान्ता देवी भण्डारी कोषाध्यक्ष र गोविन्द वा खड्का, शोभा जोशी, विनोद अधिकारी, सानु राई, हिरादेवी लुइँटेल, नरेन्द्र कुमार थापा, सर्मिला सिग्देल, भूमादेवी अधिकारी, विजय ओझा र हेमकुमारी न्यौपाने सदस्य रहेका छन् ।
यसैबिच प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले प्रतिष्ठान मोरङ जिल्ला कार्यसमितिको नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
उनी लेख्छिन्, “राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति मोरङको अधिवेशनबाट गरिमामय अध्यक्ष पदमा निर्वाचित श्री अम्बिका भण्डारीज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।”
प्रतिष्ठानले देशभर एकैसाथ सबै जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
प्रतिक्रिया