उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, ०५ भदौ २०८१
इटहरी : उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इटहरीबाट निर्माण सामग्री लिएर उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ तर्फ जाँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर चौदण्डीगढी नगरपालिका–३ हात्तीसारमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक तिलक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फलामको ट्युब लोड गरिएको ट्याक्टर ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार