सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, ०५ भदौ २०८१
इनरुवा : सुनसरीको इनरुवामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा ४ बस चौकमा बुधबार (आज)साँझ ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेका छन् । सुनसरीका प्रहरी पवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बररको ट्रकले को २२ प ४०८० नम्बररको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक मेहताको घटनास्थलमै मृत्यु भएको हो । मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरेर घर फर्कदैँ गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार