भोजपुरको टक्सार बजारमा भदौ १० र ११ गते श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने

शुक्रबार, ०७ भदौ २०८१
भोजपुर : भोजपुरको टक्सार बजारमा संस्कार, संस्कृति संरक्षणका लागि यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने भएको छ । भदौ १० र ११ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने भएको हो । मेलाका लागि विभिन्न समिति गठन गरेर तयारी थालिएको भोजपुर नगरपालिका वडा नं. १२ टक्सारका वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिए । उनले मेलामा सांस्कृतिक कार्यक्रम, लाखे नाच, कृष्ण भजन, मनोरञ्जनात्मक खेलहरु पिङ, नेवारी खाजाका परिकारहरू राखिने बताए । भोजपुर नगरपालिका–१२ को आयोजनामा हुने दुईदिने मेलाको तयारी थालिएको छ । टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धन सहित परम्परा समेत जोगाउन जरुरी रहेको स्थानीय अमृका ताम्राकारले बताए । सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अवस्थामा फर्काउने प्रयास स्वरुप यस बर्ष पनि मेलाको तयारीमा आफुहरु जुटेको स्थानीय घमचन्द्र दाहालले बताए । भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार