खोटाङ : खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजकुमार राईका ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन् । विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय एँसेलुखर्कबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया