आइसिसी महिला टी–२० विश्वकप २०२४: पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङ गर्दै अस्ट्रेलिया

विहीबार, ०१ कार्तिक २०८१
 किशोर पोखरेल सिन्धुली : आइसिसी महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको छ। यो महत्त्वपूर्ण खेलमा अस्ट्रेलिया आफ्ना नियमित कप्तान एलिसा हिलिको अनुपस्थितिमा टालिया म्याकग्राको कप्तानीमा मैदान उत्रिँदै छ। अस्ट्रेलियाले लिग चरणका सबै खेल जितेर सेमिफाइनल यात्रा तय गरेको हो भने दक्षिण अफ्रिकाले समूह चरणमा इंग्ल्याण्डसँग ७ विकेटले हार व्यहोरे पनि नेट रन रेटका आधारमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। दुवै टोलीको समान अङ्क भए पनि नेट रन रेटले दक्षिण अफ्रिकालाई अगाडि बढाएको हो। अस्ट्रेलियाको बलियो पक्ष भनेको उनीहरूले विश्वकपमा खेलेका पछिल्ला १५ खेलमा लगातार जित हात पारेका छन् जुन विश्वकप इतिहासमै उत्कृष्ट लय हो। अस्ट्रेलिया महिलाको टोलीलाई महिला टी–२० क्रिकेटको इतिहासमै सबैभन्दा सफल मानिन्छ जसले ८ संस्करणको विश्वकपमध्ये ६ पटक उपाधि जितिसकेको छ। यस पृष्ठभूमिमा, दक्षिण अफ्रिकाका लागि आजको खेल निकै चुनौतीपूर्ण देखिन्छ । दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै पनि विश्वकप जित्न सकेको छैन। दोस्रो सेमिफाइनल खेल भोलि न्यूजील्याण्ड र वेस्ट इन्डिजबिच हुनेछ, जसमा अर्को फाइनलिस्ट टुङ्गो लाग्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार