प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा रास्वपाद्वारा रमेश ओझाको नाम सर्वसम्मत सिफारिस

आइतबार, ०६ पुस २०८२

भोजपुर : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरले रमेश ओझाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

शनिवार जिल्ला सदरमुकाममा सम्पन्न जिल्ला भेलाबाट प्रतिनिधिसभा सदस्यका लागि ओझाको नाम टुङ्गो लगाइएको हो।

त्यस्तै, समानुपातिक तर्फ महिला खस आर्य समूहबाट समिता आचार्य र प्रवासतर्फ प्रेमराज ढकालको नाम सिफारिस गरिएको रास्वपा भोजपुरका सभापति ईश्वर कुमार कार्कीले जानकारी दिए।

जिल्ला भेलाबाट सर्वसम्मत रूपमा सिफारिस गरिएका उम्मेदवारहरूको नाम पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार