पूर्व डीआईजी छविलाल जोशी तीन करोड बैंक जमानतमा रिहा

आइतबार, ०६ पुस २०८२

बुटवल : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सक्कल जमानतसहित निवेदन दिएमा पुनर्विचार गर्न आदेश दिएपछि जोशीले एकमुष्ट तीन करोड रुपैयाँ बैंक जमानत बुझाएका थिए। सोही आधारमा आइतबार उनलाई रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।

यसअघि उच्च अदालतले रवि लामिछानेलाई बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा पनि पुनःविचारको बाटो खुला गरेको थियो। तर त्यसअघिका चरणमा उच्च अदालत र सर्वोच्च अदालत दुवैले लामिछानेलाई थुनामा पठाउने आदेश सदर गर्दै जोशीलाई पनि थुनामै राख्ने आदेश कायम गरेका थिए।

पछि दुवै जनाले बिगोबापत धरौटी राखेर रिहा गरिपाऊँ भनी निवेदन दिएका थिए। जिल्ला अदालतले यसरी रिहा गर्न नमिल्ने आदेश गरे पनि सो आदेश बदर गर्दै उच्च अदालतले दुवै जनालाई थुनामुक्त भई मुद्दा लड्न पाउने व्यवस्था मिलाएको हो।

यस प्रकरणमा रवि लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका छन्, जसअन्तर्गत एक करोड रुपैयाँ उनले पहिल्यै बुझाइसकेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार