पाँचथरमा ६ बर्षिया बालिकाको गुप्ताङ्गमा औला छिराइ करणी गर्ने ६२ वर्षीय खडगबहादुर पक्राउ

बुधबार, ०५ कार्तिक २०८२

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडामा ६२ वर्षीय वृद्धले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय खड्गबहादुर राईले आफ्नै घरमा ऐ।ऐ। बस्ने ती बालिकालाई ललाइफकाई हातले गोप्य अङ्ग खेलाउँदै योनीमा औँला छिराई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको हो।

घटना असोज १ गते साँझ करिब ४ बजे भएको जनाइएको छ। पीडितकी आमाले असोज ४ गते दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरमा लिखित उजुरी दिएकी थिइन्।

उजुरी परेपछि इलाका प्रहरी कार्यालय रविबाट प्रहरी नायब निरीक्षक मित्र प्रसाद भण्डारीको कमाण्डमा टोली खटिएको थियो। टोलीले आरोपित राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएको प्रहरी स्रोतले जानकारी दिएको छ।

‘बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ प्रहरीले जनाएको छ। उक्त स्थान इलाका प्रहरी कार्यालय रविबाट करिब १५ किलोमिटर पश्चिमतर्फ पर्छ।

पक्राउ परेका राईमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार