प्रभात फेरी कार्यक्रममा सम्पन्न भएपस्चात इटहरी उपमहानगर परिसरमा लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरीको थियो ।
इटहरी उपमहानगरपालिकाको आयोजना तथा इलाका प्रहरी कार्यालय इटहरी, महिला सञ्जाल इटहरी, माया घर नेपाल, श्रमिक महिला साझा मञ्च, ज्येष्ठ नागरिक समन्वय समिति इटहरी, मानव कल्याण समाज, माइती नेपाल लोकतन्त्र र न्यायका लागि आमा समूह इटहरीस्थित सम्पूर्ण विद्यालय एवम् सङ्घ संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
१६ दिने अभियानको अवधिमा प्रत्येक दिन एउटा दिवस पर्ने र दिवसीय कार्यक्रमहरू गरिने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख सङ्गीता पोख्रेलले बताइन् ।
अभियानको क्रममा सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर महिला तथा बालिकामाथि भएको विभेद र हिंसा सम्बन्धी जनचेतना कार्यक्रम गरिने प्रमुख पोख्रेलले बताइन् ।
प्रतिक्रिया