काठमाडौँ : धार्मिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रवार इमाडोलस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौँ प्रहरी परिसरबाट खटिएको टोलीले खतिवडालाई पक्राउ गरेको पुष्टि गरेको छ। आफूमाथि पक्राउ परेका विषयमा उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै लेखेका छन्, 'मलाई भर्खरै महाराजगन्ज प्रहरी वृत्तमा ल्याइएको छ। देशका लागि शुभकामना।'
प्रहरी स्रोतका अनुसार, तीनकुने क्षेत्रमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।
प्रतिक्रिया